विशेष

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ
१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान..

रिगललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेशः कैद मिनाहा गर्ने सरकारको निर्णय बदर
१६ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वाेच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई..

यो सरकारबाट शान्ती–शुरक्षाको आशा गर्न सकिदैँनः विष्णु पौडेल
१६ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् । ‘हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई..

रिगल विरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने
१६ कार्तिक, काठमाण्डौँ । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ । कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो । बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने..

सरकारी कार्यालयहरू आजबाट ४ बजेसम्म मात्रै खुल्ने
१६ कार्तिक, काठमाण्डौँ । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

पर्यटक आगमनमा नयाँ रेकर्डः एक महिनामै भित्रिए १ लाख १७ हजार
१५ कार्तिक, काठमाण्डौँ । नेपालमा पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या..

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित २० सांसदहरुको पदावधि फागुन २० मा सकिँदै
१५ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदहरुको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसरी पदावधि सकिनेमा नेकपा (एमाले)बाट ९ सांसदहरुमा अध्यक्ष तिमिल्सिना, भैरव श्रेष्ठ, कुमार दसौँदी, इन्दु कडरिया, दीलकुमारी रावल थापा (पार्वती), दीपा गुरुङ, रामचन्द्र राई, नरपति लुवार र विमला राई पौड्याल रहेका छन् । त्यसैगरी, कांग्रेसबाट पदावधि सकिने ४ सांसदहरुका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । माओवादीबाट पदावधि सकिने..

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा विजयी
१५ कार्तिक, काठमाण्डौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार थिए । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै..

एमालेको चियापान कार्यक्रम सुरु
१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन दाहाल, देउवा, ओलीबीच छलफल
१५ कार्तिक, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली, दाहाल, देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै २ घण्टा लामो छलफल भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा र्पुयाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी..