एमाले बैठक : चार एजेण्डामा समूहगत छलफल आजदेखि

९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा..

माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु

९ फागुन, इलाम। इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल..

च्याम्पिन्यस लिगः इन्टर मिलानको जित, डर्टमण्ड १–१ गोलको बराबरीमा रोकियो

९ फागुन, म्यानचेस्टर । च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो । ७९ औँ मिनेटमा सब्सिटच्युट मार्काे अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए । गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका..

मिटरव्याज पीडित काठमाडौँमाः आज बालुवाटार घेराऊको योजना

९ फागुन, काठमाडौं । विभिन्न २८ जिल्लाबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरुले आजदेखि निर्णायक आन्दोलनका लागि प्रदर्शन गर्ने जनाएका छन् । उनीहरु विभिन्न २८ वटा जिल्लाबाट काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका पीडितहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेरा उगर्ने भएका छन् । करिब तीन हजारको संख्यामा रहेका उनीहरु पैदलै काठमाडौं प्रवेश गरेका हुन् । उनीहरुले फर्जी तमसुक च्यातिनुपर्ने, चेकलाई अवैध घोषणा गरिनुपर्ने, उच्च स्तरीय आयोग गठन..

ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ । वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै सो जग्गा जफत गर्ने निर्णय सुनाएको थियो । महानगरपालिकाले अदालतले जफत गरेको सो जग्गा संरक्षणको जिम्मा कानूनबमोजिम स्थानीय तहको हुने भन्दै ७ दिनको अल्टिमेटम दिएर..

सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् । मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेको गठबन्धनको उद्धेश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अगाडी बढ्न नदिनु हो, एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्रहत्या गर्नु हो ।’ वर्तमान सरकारको..

१४औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट प्रतियोगिता माङसेबुङमा हुने

९ फागुन, इलाम । इलाममा १४औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना हुने यस संस्करणको प्रतियोगिता माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सञ्चालन गर्ने समितिले जनाएको हो । सोमवार सदरमुकाम इलाममा प्रत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । प्रतियोगिताका लागि खेलमैदान मर्मत, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन तथा प्रचारप्रसार सबै तयारी तीव्र पारिएको जिल्ला खेलकुद विकास..

प्रथम सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

९ फागुन, कीर्तिपुर । कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको १९औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिस स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रनिङ शिल्ड प्राप्त गर्याे । दोश्रो बनेको एपीएफले..

मिटरब्याजी पीडितहरू न्याय माग्दै काठमाडौँमा

८ फागुन, काठमाडौँ । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौँ आइपुगेका छन् । उनीहरू न्याय नपाएको भन्दै ‘न्याय मार्च’ नाम दिएर पूर्वपश्चिम पैदल यात्रा गरी आन्दोलनका लागि काठमाडौँ प्रवेश गरेका हुन् । उनीहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदल यात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरू ८ जिल्लाका पीडित न्याय..

कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने

८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेस गर्दै उनले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिएका हुन् । उनले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।’..