विशेष

छैटौँ झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रअरी
१२ फागुन, बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका..

अखिल नेता कुटिए
१२ फागुन, काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् । शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ । कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ । जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ । अस्कलमा विद्यार्थी संगठनबीच पटक–पटक झडप भइरहने गर्छ ।

आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै
१२ फागुन, काठमाडौँ । नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले रु १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन । विसं २०७३ असार ३१ गते सम्झौता भएको उक्त पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि दुई वर्ष..

एकमत भएर गए काँग्रेसलाई कसैले हराउन सक्दैन्ः काँग्रेस नेता डा. शशांक कोइराला
१२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको..

नेपाल क्रिकेट संघद्वरा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख सहयोग
१२ फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघले आइसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत फाइन खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। संघले शनिवार जाजरकोट भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टिकटबाट प्राप्त रु २० लाख रुपैयाँ बराबरको रकम कोषलाई उपलब्ध गराएको हो । प्रधानमन्त्रीसँगको सो भेटमा पूर्व कप्तान पारस खड्का लगायतको उपस्थिति रहेको थियो ।

बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..

मिहिन ढङ्गले अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिन्दैन्ः मन्त्री किराती
१२ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन शुक्रबार धरान पुगेका मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढङ्गले अध्ययन भइरहेको उनको भनाई छ।..

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान
१२ फागुन, काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए । पहिले..

पुनमलाई आर्थिक सहयोग
१२ फागुन, काठमाडौँ । च्याम्पियन मार्सल आर्ट्स, खरीवोटले १३ औं सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशिला लामाले पुनमलाई एक कार्यक्रमबीच रकम हस्तानतरण गरिन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि १ लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । च्याम्पियन मार्सल आर्ट्स कराते..

धर्म र पुष्प दिल्ली प्रस्थान
१२ फागुन, काठमाडौँ । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौड्ने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व..