विशेष

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभन्ज्याङलाई
८ फागुन, इलाम । इलाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लब बनेको छ । इलामको सदरमुकाम स्थित ठूलो टुडिखेलमा आयोजित प्रतियोगिताको सोमवार फाइनल खेल भएको थियो । फाइनलमा दार्जिलिङ भारतको मानेभञ्ज्याङ फुटबल क्लबले इलामको दिपेन्द्रशिखर फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो । मानेभन्ज्याङको जितमा सिम्रन गुरुङ र सुस्मिता लेप्चाले योगदान गरे । खेलको ९औं मिनेटमा नै मानेभन्ज्याङकी सिम्रन गुरुङले पहिलो..

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र: प्रधानमन्त्री प्रचण्ड
८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्। सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए। उनले भने,‘परम्परागत..

गोपी पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागी जनाउने
फागुन ७, काठमाडौँ । बैशाख ९ गतेदेखि हुने टिसिएस लण्डन म्याराथनमा धारा नेपालगन्ज म्याराथनका विजेता गोपी पार्कीले सहभागी जनाउने भएको छन्। विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। उनले २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालगन्ज म्याराथनले त्यस बारे जानकारी गराएको हो। आयोजकका अनुसार रन युकेले यस..

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सिकाउँदै ‘सुरुवात’
७ फागुन, भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका..

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ
७ फागुन, काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध,..

भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग
७ फागुन, काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो । आप्रवासनमा देखिएका विभिन्न समस्यामाथि गहन छलफल र विश्लेषणपछि काठमाडौं घोषणापत्र जारी गर्दै यी संघसंस्थाले सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरूले गरिबी, जलवायु..

‘रास्वपा’ले गर्यो कर्णाली प्रदेशका सबै कमिटी विघटन
७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । साथै कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक..

गोर्खाली रग्वी र एपीएफको जित
७ फागुन, काठमाडौं । आईतबार काठमाडौंमा सुरु भएको फिफ्टििन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपीएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएको हो । पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिसले अंक जोड्न असफल रह्यो ।दोस्रो खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको..

देउवाले दिए गठबन्धन नगर्ने प्रतिवेदन सच्चाउन गगन थापालाई दबाब
७ फागुन, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिन ‘सकस’ परेको छ । महामन्त्री थापाले महासमितिमा लैजाने प्रतिवेदन यसअघि सुझावका लागि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । जसमा आगामी चुनावअघि गठबन्धन गर्न नहुने उल्लेख छ । तर उक्त विषयप्रति सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । गठबन्धनबारे महामन्त्री थापाको उक्त प्रतिवेदन सच्चाउन सभापति देउवाले दबाब दिइरहेका छन् । तर महामन्त्री..

अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न ट्रम्प र हेलीको प्रतिस्पर्धा जारी
७ फागुन, काठमाडौं । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझै चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहौल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् । एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व..