विशेष

९ महिनामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान तयार
२८ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् । गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी..

प्रधानमन्त्रीलाई बिश्वासको मत नदिन सांसदहरुलाई लेखकको निर्देशन
२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

आज ग्याल्पो ल्होसार पर्व मनाइदै
२८ फागुन ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा..

मुख्यमन्त्री शर्मासहित प्रदेशस्तरका माओवादी नेता काठमाडौँमा
२८ फागुन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली सरकारको नेतृत्वमा नेकपा एमालेले दाबी गरेपछि मुख्यमन्त्री राजकुमार शर्मासहित माओवादी केन्द्रका प्रदेशस्तरका नेता काठमाडौँ पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुख्यमन्त्रीसहित माओवादी नेताहरुले समयसामयिक विषयमा छलफल गरेको बताइएको छ । शनिबार काठमाडौँ पुगेको टोलीमा मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश अध्यक्ष विमला केसी, प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, माओवादी सांसद वीरबहादुर शाही लगायत थिए । प्रधानमन्त्रीको कार्यालयमै प्रचण्डसँग प्रदेश सरकार र..

यात्रीलाई ठक्कर दिने बसलाई स्थानियद्वरा आगजनी
२८ फागुन, जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि..

नेपालले बिश्वकप छनोटको होम म्याच अवेमा खेल्ने
२८ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ । छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ । तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । अब..

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने शर्मा कांग्रेस उम्मेदवार हुन् ।

पार्टीले योग्य ठाने प्रतिस्पर्धाका लागि तयार रहेको सुहाङ नेम्वाङको दाबी
२८ फागुन, इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि..

मेचीनगरस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी
२८ फागुन, झापा । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ । उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन्। आगलागीको कारण पत्ता लाग्न सकेको छैन् ।

छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै
२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका..