एमालेले बोलायो संसदीय दलको बैठक

२९ फागुन । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बैठक बोलाइएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई..

चीन-रुस-इरानले संयुक्त सैन्य अभ्यास गर्ने

२९ फागुन । चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ। चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमार्फत सार्वजनिक विज्ञप्तिअनुसार सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्त रूपमा कायम राख्ने’ रहेको छ। विज्ञप्तिमा धेरै विवरण नखुलाई भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ।” यस क्षेत्रमा गत..

कर्णाली पुुलमा आवागमन बन्द

२९ फागुन । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ। आज बिहान अर्को प्राविधिकको..

४१३ पालिकामा सकियो दादुरा-रुबेला खोप अभियान

२९ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन्। शाखा प्रमुख..

रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

२८ फागुन, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताए । वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन । सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको..

फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

२८ फागुन,दार्चुला । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो । प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको..

छिमेकीको कुटपिटबाट धनगढीमा एक जनाको मृत्यु

२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी..

प्रतिनिधिसभा निर्वाचनका लागि जसपा इलामले गर्यो तीन जनाको नाम सिफारिस

२८ फागुन, इलाम । इलाम–२ मा आगामी वैसाख १५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल इलामले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको जसपा जिल्ला समितिको बैठकले तीन जना सम्भावित उम्मेद्वारको नाम लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश नं. १ समितिमा सिफारिस गरी पठाएको हो । यसरी सिफारिस हुनेहरुमा जसपा नेपालका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बू रहेका छन्..

बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु

२८ फागुन, झापा । बिर्तामोडमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई सोमबार बिहान बुट्टाबारी नजिकै सडक किनारमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साईकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनको टाउको बजारिएको, एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अबस्थामा..

राप्रपा कार्यलयमा भएको कुटपिटको बिषयमा प्रहरीले थाल्यो छानबिन

२८ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने..