विशेष

नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट
१५ चैत । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ । “उहाँहरूलाई टिकट दिएर क्षेत्रमा पठाइसकेका छौँ,” श्रेष्ठले भने । इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ..

एसपीमा बढुवाका लागि ८ जना सिफारिस
१५ चैत, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् । विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए । प्रहरी नियमावली २०७१ को दफा २६..

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाए
१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे..

बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ पुग्यो
१५ चैत, झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय..

जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन
१५ चैत, झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ। हात्तीले कुल्चीएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा श्रीमानसंग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र..

कांग्रेस महामन्त्री गगन थापाले आजदेखि पुनः सुरु गरे ‘संवाद यात्रा’
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री..

महाधिवेशनको तयारीमा जसपा
१४ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पहिलो महाधिवेशनको तयारी तीव्र पारेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको कार्यदलले राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको कार्यदलले पार्टीको नीति तथा कार्यक्रमको प्रतिवेदन अन्तिम चरणमा पुगेको जसपाले जनाएको छ । जसअनुसार श्रेष्ठले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । जसअनुसार पार्टी..

अर्थमन्त्रालयको महाशाखामा जिम्मेवारी हेरफेर
१४ चैत । अर्थमन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । अनुगमन मूल्यांकन महाशाखाका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख..

अमेरिकामा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु
१४ चैत । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पानीजहाज ठोक्किएर पुल भत्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किँदा मंगलबार बिहानै २.५७ किलोमिटर लामो फ्रान्सिस स्कट की ब्रिज पुल भत्किएको थियो । पुल भत्किँदा मर्मतको काम गरिरहेका आठ कामदार नदीमा खसेका थिए । तीमध्ये दुईजनाको उद्धार भएको थियो भने ६ जना लामो समयसम्म फेला नपर्दा मृत्युको आशंका गरिएको हो । अहिले अधिकारीहरूले उद्धारको प्रयास रोकेर..

दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री लामिछाने
१४ चैत, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए । “हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ,” गृहमन्त्री लामिछानेले भने, “हतियारको मालिक एउटा चलाउने अर्काे व्यक्ति..