फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज गुजरातसंँग खेल्दै

१८ चैत । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोट्र्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका..

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।

रोनाल्डोको ह्याट्रिमा अल नासरको जित

१८ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिमा अल नासरले साउदी प्रो लिगमा अल ताईलाई पराजित गरेको छ। अल अवाल रंगशालामा शनिबार सम्पन्न खेलमा अल ताईलाई घरेलु टोली अल नासरले ५–१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा ओक्टोभियो र अब्दुलरहमान घरीबको नाममा १र१ गोल रह्यो। अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए। रोनाल्डोले देलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अक्टोभियोले २०..

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

१७ चैत, झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ । मेची भन्सार कार्यालयका..

कमलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  १७ चैत, झापा । झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताउनुभयो । लिम्बू परिवार केही वर्षदेखि रतुवामाई..

राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ

१७ चैत, इलाम । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आफूले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खेलका बारेमा जानकारी नभएका व्यक्ति विभिन्न निकायमा नियुक्त भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाइएको जानकारी गराए । आफूले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय निकाय नेपालको खेलजगत्मा काम गर्न तयार रहे पनि..

आगामी उपनिर्वाचन एमालेले जित्ने पार्टी अध्यक्ष आलीको दावी

१७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने..

आफूँ स्थानीय उम्मेदवार भएकोले आफूँले जित्ने मिलन लिम्बुको दाबी

१७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अग्र्यानिक अर्थाेडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको..

सुवास नेम्वाङको विरासत बोक्न इलाम आएका हौँः रवि

१७ चैत, इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे । उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे..

आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’को लगातार दोस्रो हार

१७ चैत । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाललाई..