विशेष

सरकारले घोेषणा गरेको पुरस्कार अझै पाएनौँ भन्दै कप्तान रोहितले गरे गुनासो
१५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अझै पूरा नपाएको भन्दै गुनासो गरेका छन् । भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसामु आफूहरूले सरकारबाट घोषित पुरस्कार अझै पूरा पाइनसकेको बताएका हुन् । “एउटा अनुरोध छ । सरकारले हामीलाई पुरस्कार तोकेको थियो, तर हामीले अझै पनि ५०–६० प्रतिशतभन्दा धेरै पाएका छैनौँ, खेलकुदमन्त्रीले यसमा..

म्यानचेस्टर सिटीले १४ वर्षीय सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउँदै
१५ चैत । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ। फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि इच्छुक थिए। मेल स्पोट्र्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र..

विश्वकप छनौट खेलेर फर्कियो नेपाली फुटबल टिम
१५ चैत । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। समूह ‘एच’ मा रहेको नेपाली टोली ‘होम एन्ड अवे’ दुवै खेल खेलेर बिहीबार स्वदेश फिर्ता भएको हो। रफास्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो। मंगलबार सम्पन्न खेलमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गरेको थियो। तर, नतिजा ३–०..

नेपाल-भारतबीच विद्युत आयात सम्झौता नवीकरण
१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत आयात गर्न पाइने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।..

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
१५ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्काे कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी..

ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक टुंगिने
१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए । यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ । उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार..

दैलेखमा एसईईका एक नक्कली परीक्षार्थी पक्राउ
१५ चैत, सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । उनले नियमित एसईई परीक्षार्थी..

मन्त्री भगवती चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट
१५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको..

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
१५ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लमजुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् । पक्राउमध्ये मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख..

दिल्लीमा डा.आरजुको शल्यक्रिया सम्पन्न
१५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले जनाएका छन् ।