विशेष

तासको खालबाट साढे ४ लाख रकम सहति १८ जना पक्राउ
२३ कार्तिक, झापा । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । गएराती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ नहर चौकस्थित चन्द्रमणी रिमालको घरमा तास खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा १८ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरी टोलीले उक्त स्थानमा खटिनगई रित पुर्वक खानतलासी गर्दा उक्त घरको भुई तलामा रहेको कोठामा घर चन्द्रमणी रिमालसहित तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद चार लाख चौवन्न हजार पाँच..

चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो चयन
२३ कार्तिक, इलाम । ग्रामीण क्षेत्रमा रहेर नाट्यकलामा राष्ट्रियस्तरमै चर्चा कमाउँदैगरेको इलामको चुलाचुलीस्थित चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो पुनः चयन भएका छन् । आज भएको ११औं साधारणसभाले पत्रकार तथा नाट्यकर्मी आङ्थुपोको नेतृत्वमा सात सदस्यीय मूल कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा रमिला राई, सचिवमा पत्रकार सन्तोष गिरी, सह–सचिवमा पूजन बस्नेत र कोषाध्यक्षमा हेमराज विश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा मनिष मगर र सुनिता दर्जी चुनिएको सचिव गिरीले जानकारी दिनुभयो..

दमक क्याम्पसको १३ औं क्याम्पस सभामा १८ जना सम्मानित
२२ कात्तिक, झापा । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभामा विभिन्न क्षेत्रका १८ जनालाई सम्मान गरिएको छ । बुधबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरसहित अतिथिहरुले १८ जना सहप्राध्यापक तथा कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा सहप्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकी, उपप्राध्यापकहरु श्रवणकुमार चौधरी, यज्ञराज गिरी, सुमनकुमार नेपाल, भुमिप्रसाद दाहाल, नारायण भट्टराई, राधिका..

छठ पर्वको मुख्य साँझ आज; झापाका नदी किनार झकिझकाउ
२२ कात्तिक, झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ..

इलामका खोलामा करेन्ट र विष्फोटक प्रयोग गरी माछा मार्नेक्रम बढ्दो
इलाम । इलामका ठूला खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्नेक्रम बढेको छ । जेनेरेटर र विष्फोटक पदार्थ (ग्रिनेड बम)समेत प्रयोग गरी माछा मार्दा मानिसको ज्यानसमेत जोखिममा पर्नेगरेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पुवालगायत खोलामा करेन्ट लगाएर र विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयले बताएका छन् । सानो जेनेरेटर र ग्रिनेड प्रयोग गरी माछा मार्ने गरिएको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय..

नेल्टाको चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी दमकमा हुने
२० कात्तिक, झापा । पाँच सय बढी प्रतिनिधिको सहभागिता रहने नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को चौथो कोशी प्रान्तीय सम्मेलन तथा गोष्ठी झापाको दमकमा हुने तय भएको छ । नेल्टा झापाको आयोजना तथा नेल्टा मोरङ र नेल्टा सुनसरीको सहआयोजनामा हुने द्विदिवसीय कार्यक्रम आगामी कात्तिक २४ र २५ गते दमकस्थित सिद्धार्थ अङ्ग्रेजी माविमा हुनेछ । कार्यक्रममा कोशी प्रदेशभरिका अङ्ग्रेजी भाषाका प्राध्यापक, शिक्षक, पाठ्यपुस्तक लेखक, पाठ्यक्रम निर्माता, भाषा प्रयोगकर्ताका प्रतिनिधिको सहभागिता..

दशैं-तिहारमा दुर्घटना; कोशी प्रदेशमा ३७ जनाको मृत्यु
२० कात्तिक, विराटनगर । दशैं-तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले..

अनेरास्ववियुले गर्यो नेपाल–भारत सीमामा खबरदारी पदयात्रा
इलाम– इलामका विद्यार्थीले पूर्वी नेपालको भारतसँग जोडिएका क्षेत्रमा सीमा रक्षाका लागि खबरदारी गरेका छन् । उनीहरूले इलाम र भारत जोडिएको करिब ५० किलोमिटरमा पैदलयात्रा गरी सीमा अवलोकन र खबरदारी गरेका हुन् । यो क्षेत्रको दशगजामा बेला–बेला भारतीय पक्षले अतिक्रमण गरी संरचना बनाउनेगरेको छ । यहाँका कतिपय ठाउँमा भारतीय पक्षले अहिले पक्की संरचना नै निर्माण गरेको छ । तर, बेला–बेला विद्यार्थीले गर्नेगरेको दबाब कार्यक्रम भारतीय पक्ष पछि हट्नेगरेको देखिएको छ । अखिल..

मौसम अनुकूल हुन नसक्दा धान उत्पादन कम हुने अनुमान
काठमाडौँ । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज १० देखि १२ गतेसम्म मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षाले पनि धान खेतीलाई उत्तिकै असर गरेको जानकारी दिएको छ । केही दिनयता धानका लागि मौसम अनुकूल देखिएको छ । मुलुकका विभिन्न स्थानमा..

राज्य संयन्त्रको कमजोरीमा टेकेर आशिका तामाङको ‘जगजगी’
काठमाडौं । अहिले हाम्रो दैनिक आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको एउटा विशेषता यो हो कि यसले कोही पनि आममान्छेलाई रातारात चर्चित बनाइदिन सक्छ । चर्चाको आयु भने निश्चित हुँदैन । पछिल्ला दिनमा सामाजिक सञ्जालले ह्वात्तै चर्चामा ल्याएको एक नाम हो- आशिका तामाङ । केही वर्षअघि दशैंताका एउटा भिडिओमा बोलेका शब्दले ‘भाइरल’ भएकी उनी अहिले आफ्ना क्रियाकलापका कारण ‘ट्रेन्डिङ टपिक’ बनेकी हुन् । मानिसहरु उनको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका..