हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी नेपाली सेना

१६ माघ, हेटौडा । नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको स्थानियले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योगसहित बन्द रहेका उद्योगहरु पुनः सञ्चालन गर्न छलफल गर्दै आएका छन् । सोहीअनुसार..

भन्सार कार्यालय पशुपतिनगरको राजश्व संकलनमा बृद्धी

१३ माघ, इलाम । भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो । हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८..

इलामको पर्यटन लयमा फर्कदैः यो बर्ष ८५ हजार पर्यटक भित्रिए

१३ माघ, इलाम । पछिल्लो समय इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न..

दुग्धजन्य पदार्थको भुक्तानीको समस्या समाधान गरिदिन इलामका किसानको माग

९ माघ, इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानको लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाले आयोजना गरेको ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गर्न नगरपालिकासँग माग गरेका हुन् । ठूलो लगानीमा पशुपालन र दुग्धजन्य पदार्थ उत्पादनको व्यवसाय सञ्चालन गर्दै आइरहेको भएपनि पछिल्लो पाँच..

नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै

८ माघ, काठमाण्डौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो । जसको असर राजश्वमा देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । राजश्वमा आधारित अर्थतन्त्रको मेरुदण्ड नै पेट्रोलियम पदार्थ र पेट्रोलियम सवारी भएपनि चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थसँगै पेट्राल र डिजेलबाट चल्ने सवारीको समेत आयात घटिरहेको हो । जसबाट..

मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो

८ माघ, काठमाण्डौँ । मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो । अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । पछिल्लो एक महिनामा ऋण..

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

२९ पौष, विराटनगर । वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो । सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको..

नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण

२५ पौष, काठमाण्डौँ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु आर्थिक वर्ष (आव) २०८०र८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने..

विद्युत प्राधिकरणले निर्माण कम्पनिसंग त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का तोड्यो

२ पौष, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ । आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । इन्जिनियरिङ, खरिद तथा..

मोरङमा खुल्यो एक अर्ब लगानीमा नयाँ उद्योग

मंसिर २४, विराटनगर । नेपाल वेलहोप एग्री–टेक प्रालिले मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा करिब एक अर्बको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । दाना उत्पादनमा नवीनतम् प्रविधिलाई आत्मसात् गर्दै वेलहोपले पेलेट दाना उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो । नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै..