अमेरिका हिँडे अर्थमन्त्री वर्षमान पुन

३ वैशाख । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका..

आर्थिक वर्षको बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

२६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन् । सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै..

विदेशी लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिइरहेको छः प्रधानमन्त्री प्रचण्ड

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । ‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ ।’ प्रधानमन्त्री..

बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा

२० चैत । नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र..

लगानीका लागि बाधक ऐन सुधार गर्ने अर्थमन्त्री पुनको बिश्वास

२० चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो । लगानी..

धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर छः अर्थमन्त्री पुन

१८ चैत । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन अर्थमन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गर्दै सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो,..

अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।

अर्थतन्त्र सुधार हुँदैछ, निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण बन्दैछ- अर्थमन्त्री महत

१७ फागुन, रुपन्देही । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भइरहेको बताएका छन् । देशको अर्थतन्त्र सुधारउन्मूख रहेको बताउँदै महतले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । बुधबार नवलपरासीमा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘आत्मविश्वास बढाऔं अर्थतन्त्र अगाडि बढछ, अब यस्तो अवस्था रहँदैन व्याज घटेको छ विचार पुर्याएर ऋण लिने र लगानी गर्ने अवस्था आइसकेको छ, एउटाले जे गर्याे त्यही गर्ने हाम्रो प्रवृति छ, त्यसैले नयाँ..

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवद्र्धधनमा रोङ गाउँपालिका

१३ फागुन, इलाम । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना..

सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब, निर्यात सात प्रतिशतले घट्यो

९ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको तुलनामा यस वर्ष आयात २.३१ प्रतिशतले घट्दा व्यापार..