आर्थिक

चियाको निर्यात ८१ प्रतिशतले घट्यो
२१ मंसिर, इलाम । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनुको..

सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने
१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..

सर्वाधिक कर तिर्ने करदाता सम्मानित, बढी आयकर तिर्ने संस्था नेपाल टेलिकम
७ मंसिर, काठमाण्डौँ । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सबैभन्दा बढी आयकर तिरेर नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सम्मानित भएको छ..

दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा
५ मंसिर, इलाम । चाडपर्वका समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु समस्यामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीहरुले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढंगले नौनी घिउ र चीजको मागनै नआउँदा समस्या भएको बताएका छन् । जिल्लामा अहिले करिव डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका..

रेमिट्यान्स आप्रवाहमा कीर्तिमानः एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड भित्रियो
२४ कार्तिक, काठमाण्डौँ । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । असोज महिनामा मात्र १ खर्ब ३६..

चाडपर्वमा सुनचाँदीको व्यापार बढ्यो, दैनिक २० किलोग्राम सुन कारोबार
२१ कार्तिक, काठमाण्डौँ । चाडपर्वसँगै सुनचाँदीको कारोबार बढ्न थालेको छ । नेपालमा सुनचाँदी कारोबारको मुख्य ४ सिजन हुने सुनचाँदी व्यवसायी महासंघ बताउँछ । जसमा तिज, विवाहको समय, दसैँ र तिहार रहेका छन् । अहिले दसैँ र तिहारको समयमा दैनिक २० किलोग्रामसम्म सुन कारोबार हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । यसअघि विदेशी मुद्राको सञ्चिति घट्न थालेसँगै केन्द्रीय बैंकले सुनको दैनिक आयात कोटा समेत १० किलोमा..

भूकम्प पीडितका लागि नेपाली कांग्रेसले ५० लाख सहयोग गर्यो
२१ कार्तिक, कामाण्डौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्र्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनस्र्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो । मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले ५० लाखको चेक..

पर्यटक आगमनमा नयाँ रेकर्डः एक महिनामै भित्रिए १ लाख १७ हजार
१५ कार्तिक, काठमाण्डौँ । नेपालमा पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या..

डिजेल र मट्टीतेलको मूल्य घट्यो
१४ कार्तिक, काठमाण्डौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन आईओसी बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

कोशीमा दुधको उत्पादन बढ्दो, बंगलादेशका व्यवसायीले लगे पाउडर दुधको नमुना
१४ कार्तिक, विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र घिउको खपत दसैँको सन्दर्भमा केही बढे पनि त्यो पर्याप्त हुन सकेन । यही समस्या भइरहेको बेला डेढ महिना अगाडि कोशी प्रदेशका दुग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको सञ्चार गराएको छ । यहाँका उद्योगी व्यवसायीको टोली..