अर्थ

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
२५ जेष्ठ, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश मन्त्रिपरिषदको हिजो (सोमबार) बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभामा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारका प्रवक्ता वैजनाथ चौधरीले आज दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तूतका लागि बैठकले सिफारिस गरेको बताउनुभयो । विपक्षी गठबन्धनहरुले भने सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेका..

निषेधाज्ञामा पनि अनलाइन व्यवसाय नरोक्न सर्वाेच्चको आदेश
२५ जेष्ठ, कैलाली । सर्वाेच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो । ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इकमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि संञ्चालन..

‘स्टार्टअप’ व्यवसायीलाई एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने सरकारको तयारी
२३ जेष्ठ, काठमाण्डौँ । आउदो आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको तयारी गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ । आज (आइतबार) निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफलपछि मन्त्रालयले स्टार्टअप(सुरुवाती) व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरेको हो । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ..

बजेट कार्यान्वयनको अभियानलाई भोलिदेखि नै तिव्रता दिन्छुः अर्थमन्त्री पौडेल
१६ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ आएको स्पष्ट पार्नुभएको छ । उहाँले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो–‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका..

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१..

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै
१५ जेष्ठ, काठमाण्डौँ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्नुहुने छ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।..

मेची भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्धि
५ वैशाख, झापा । चालु आर्थिक वर्ष २०७७/०७८ को नौ महिनामा मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुली लक्ष्यको तुलनामा १४ प्रतिशतले वृद्घि गरेको छ । प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार साउनदेखि चैतमहिनासम्म राजस्व असुली लक्ष्य ८ अर्व, ५२ करोड ३० लाख २२ हजार रुपैयाँ भएपनि ९ अर्व ७२ करोड ८४ लाख ३७ हजार अथवा १ सय दशमलव १४ प्रतिशत राजस्व संकलन गरेको छ । जुन रकम लक्ष्यको तुलनमा १४..

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि (हेर्नुहोस् नयाँ मुल्य सुची)
१८ फाल्गुन, काठमाण्डौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले विज्ञप्ति जारी गरेर गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम..

झापामा २० करोडको लगानीमा रबर उद्योग संञ्चालन हुँदै
१५ फाल्गुन, झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा पनि रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा कनकाई रबर इन्डस्ट्रिज संञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपटक परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नुभएको थियो । हाल..

कुल आवेदकमध्ये ३७ हजार ५०० जनाले मात्र पाए महिला लघुवित्तको आइपीओ
१४ फाल्गुन, काठमाण्डौँ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) कुल आवेदकमध्ये ३७ हजार ५०० जनाले मात्र १० कित्ता आइपीओ हात पारेका छन् । गोलाप्रथाबाट गरिएको बाँडफाडमा लघुवित्तका एक सय ५३ जना कर्मचारीलाई पाँच हजार कित्ता शेयर परेको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ । उक्त आईपीओ लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा आज बिहान ८..