संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोड राहत रकम

२ कार्तिक । गत असोज १२ गतेको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका..

बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी, ४० लाख बराबरको क्षति

२ कार्तिक, झापा । झापको बिर्तामोड नगरपालिका १ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र..

चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु

२९ असोज, इलाम । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको..

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न साइबर ब्युरोलाई पत्र

२१ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह..

जेठ देखि हराइरहेका युवको कंकाल फेला

२१ असोज, झापा । गत जेठ १५ गतेदेखि हराइरहेका झापा बाह्रदशी गाउँपालिकाका २१ वर्षीय राजेश हजामको कंकाल फेला परेको छ । बाह्रदशी–७ लाफादी (विरिङ खोला किनार) मा पुरिएको अवस्थामा कंकाल फेला परेको जनाइएको छ । केही दिनदेखि हजामको शव खोजी गर्न प्रहरीले जेसिवी प्रयोग गरेर खोजिरहेको थियो । प्रहरीले पहिले एउटा घरमा उत्खनन् गरेको थियो भने आज विरिङ खोलामा जेसिवी प्रयोग गरेर शव खाज्ने क्रममा फेला पारेको हो । प्रत्यक्षदर्सीका..

सरोकारवाला निकायको वेवास्ताले मेची राजमार्ग ४ दिन देखी अवरुद्ध

२१ असोज, इलाम । सरोकारवाला निकायले बेलैमा वास्ता नगर्दा मेची राजमार्गको इलाम राजदुवाली खण्डमा सडक भासिएर राजमार्ग अवरुद्ध छ । राजदुवालीमाथी माईखोलाको भित्तामा बर्षै अगाडी देखी सडक भासिन सुरु गरेको थियो । त्यसलाई रोक्न करोडौँ रकम खर्चेर नयाँ प्रविधीको प्रयोग गरिएपनि सडक भासिने रोकिने क्रम रोकिएको थिएन । त्यसैले सडक डिभिजन कार्यलय इलामले करिव दुई बर्ष यता न सडक मर्मतमा चासो दियो नत बैकल्पिक सडक निर्माणमा नै चासो दिएको थियो..

देशभर तीन दिन विद्यालय बन्द गर्ने निर्णय

१२ असोज,  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो । यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत..

बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ७२ जना वेपत्ता

१२ असोज, काठमाण्डौँ । अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित..

सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने सरकारको निर्णय

१२ असोज, काठमाण्डौँ । सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण..

समुदायमा बसेर प्रजनन गर्ने चराहरुको बास र संख्या घट्दै

११ असोज, झापा । झापामा समुदायमा बसेर प्रजनन गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व-पश्चिम राजमार्ग आसपासका रुखहरुमा यसअघि प्रजनन गर्ने ठूलो बथानका चराहरु सडक स्तरोन्नित गर्ने क्रममा रुख काटिँदा समस्यामा परेका छन् । रैथाने चरा जलकबुवा र १४ प्रकारका बकुल्लाले खासगरी समुहमा बसेर असारदेखि भदौ अन्तिमसम्म प्रजनन गरी बच्चा हुर्काउने काम गर्दछन् । तर, बर्षेनी उनीहरुको बासस्थानमा अतिक्रमण हुन थालेपछि चराको प्रजननमा समस्या आएको छ..