सुनसरीमा गाँजा नष्ट अभियान सुरु

सुनसरीमा गाँजा नष्ट अभियान सुरु

२५ कार्तिक, सुनसरी । सुनसरीमा एक सता यता प्रहरीले गाँजा नष्ट अभियान जारी राखेको छ । गाँजा उत्पादनलार्ई नियन्त्रणका लागि प्रहरीले प्रत्येका वर्ष आफनो अभियानलाई निरन्तरता दिने गरेको छ ।

तर अभियानको क्रममा ब्यक्तिले लगाएको लाखौं बोट गाँजा नष्ट गरेपनि कसैलाई कानुनी कार्वाही नगर्दा सुनसरीमा गाँजा खेती अझैपनि फस्टाएको देखिन्छ । नेपाल सरकारले लागुऔषध भन्दै गाँजा खेतीलाई पूर्णतः कानुन बिपरीत भनेको छ । तर कानुन बिवरीत काम गर्नेलाई कार्वाही नगर्दा कानुनको धज्जी उडाउँदै गाँजा खेती गर्ने क्रम सुनसरीमा बढेको हो ।

एकातिर प्रहरीको गाँजा नष्ट अभियान र अर्को तिर गाँजा खेतीले प्रसय पाउनुले दुबै समाजलाई असर पारेको छ । तर यसबारेमा कुनै पनि सरोकारवालाहरुले खास रुपमा निवारणका लागि चासो र ध्यान दिएको पाइदैन ।

प्रत्येक वर्ष अभियान चलाउँदा समेत करोडौंको गाँजा उत्पादन भईरहेको गाँजाले समाजमा केही ब्यक्तिलाई आर्थिक रुपमा लाभ भएपनि पूर्ण रुपमा बालबालिका र युवा पुस्तालाई यसले नराम्ररी प्रभावित गरेको छ ।

गाँजा खेतीले बाल मनोबिज्ञानमा असर पार्नुको साथै युवा पुस्ता समेत कुलतमा फसेको कारण यसलाई फडानी गर्ने अभियान मात्रै चलाएर नहुने भएकाले गाँजा खेतीलाई बोट र क्षेत्रको अधारमा कानुनी कार्वाहीको दायरमा ल्याउनुपर्ने आवश्यक रहेको छ ।

गाँजा खेतीले सुनसरीको गाउँ देखी शहर सम्म , ब्यक्ति देखी समुहसम्मलाई प्रभाव पारेको यसमा प्रहरी प्रशासनले अभियान मात्र चलाएर नहुने भएकाले कार्वाही नै गर्नुपर्ने आवश्यक छ ।

वर्षमा एक चोटी चाडपर्वको रुपमा गएर लगाएको गाँजा फडानी गर्ने कार्यलाई तिब्रता दिएपनि हालसम्म कुनैपनि कार्वाही प्रक्रिया अगाडी नबढाएकोले गाँजा खेती गर्ने तर्फ आर्कषण बढ्दै गएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर