यि हुन् विश्व शान्ति भूमिमा पाईला टेक्ने संयुक्त राष्ट्रसंघका ६ जना महासचिव

यि हुन् विश्व शान्ति भूमिमा पाईला टेक्ने संयुक्त राष्ट्रसंघका ६ जना महासचिव

१४ कार्तिक, काठमाण्डौँ । विश्व शान्तिको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव बनेका छन् एन्टोनियो गुटेरेस । यसअघि ५ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन् ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । त्यतिबेला संयुक्त राष्ट्रसंघमा ड्याग ह्यामरसोल्ड महासचिव थिए । उनी राष्ट्रसंघका दोस्रो महासचिव हुन् ।

हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालिसकेका छन् । तीमध्ये हालका गुटेरेससहित ६ जनाले लुम्बिनी भ्रमण गरेका छन्  । राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए ।

राष्ट्रसंघका महासचिव ड्यागले सन् १९५९ मा पहिलोपटक लुम्बिनी भ्रमण गरेका थिए । त्यसपछि लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिव हुन् ऊ थान्त । उनी सन् १९६७ मा लुम्बिनी आएका थिए । ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रूपमा लिइन्छ । उनको भ्रमणबाट नै लुम्बिनीको दीर्घकालीन योजना बनेको थियो ।

लुम्बिनी विकास कोषका अधिकारीहरूका अनुसार राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको भ्रमणपछि लुम्बिनीको विश्वव्यापी प्रचारमात्र भएन यसको दीर्घकालीन योजना बनेर अहिलेको अवस्थामा आएको हो । ऊ थान्तले भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर