बाह्रदशीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

२२ चैत, झापा । झापाको बाह्रदशीमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर १ का देवनारायण राजवंशीको खुकुरी प्रहारबाट ३२ बर्षीया श्रीमती मोमसरी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान साढे ६ बजे देवनारायणले श्रीमती मोमसरीको घाँटी र ढाडमा खुकुरी प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।..

कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान..

आर्सनल शीर्ष स्थानमा, फोडेनको ह्याट्रिकमा सिटीको जित

२२ चैत । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ जुन लिभरपुल र म्यानचेष्टर सिटीको भन्दा एक अंकले बढी हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले २४औं मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दाइकी हाशिओकाले ४४औं मिनेटमा आत्मघाती गोल गर्दा..

विदेशी लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिइरहेको छः प्रधानमन्त्री प्रचण्ड

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका हुन् । ‘लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्छ,’ प्रचण्डले भने, ‘यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ ।’ प्रधानमन्त्री..

माओवादीले इलाम–२ को उपनिर्वाचनमा सुहाङलाई सघाउने

२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय..

धनगढीमा प्रहरी जवान मृत भेटिए

२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका–७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको..

उत्तर अमेरिकी च्याम्पियन्स कपमा इन्टर मियामी पराजित

२२ चैत । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २–१ गोलअन्तरले पराजित भएको हो। मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले १,१ गोल गरे। मियामीका लागि थोमस एभिल्सले गरेको गोल निर्णायक बन्यो। खेलकव ११औँ मिनेटमा थोमसले मियामीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ६७औँ मिनेटमा मेजाले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँन..

पीएसजी फ्रेन्च कपको फाइनलमा

२२ चैत । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कपको उपाधिनजिक पुगेको छ। पिन्स पार्कमा बुधबार राति सम्पन्न सेमिफाइनलमा रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेको गोल निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। न्यानो ओमारीले एमबाप्पेलाई डीबक्समा लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो। तर, एम्बाप्पेको प्रहार गोलरक्षक स्टीभ मन्डान्डाले ड्राइभ गर्दै बचाए। ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित..

नारायणकाजी श्रेष्ठ र सार्कका महासचिव गोलाम सारवारबिच भेटवार्ता

२१ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सार्कका महासचिव गोलाम सारवारले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा महासचिव सारवारले सार्कलाई पुनः क्रियाशील बनाउन आग्रह गरेका हुन् । सार्कको अध्यक्ष राष्ट्र भएको नाताले त्यसलाई क्रियाशील बनाउन उनले आग्रह गरेको मन्त्रालय स्रोतले जनाएको छ । नौ वर्षअघि नेपालमा सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । भारत–पाकिस्तान बिचको तिक्तता बढ्दै गएपछि सम्मेलन प्रभावित भएको हो..

एसईई दिनबाट वञ्चित भएकाहरूलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइने

२१ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट वञ्चित भएका कुनैपनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् । फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरूले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनैपनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिन समेत आह्वान गरिन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनैपनि विद्यार्थीले..