धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढीमा प्रहरी जवान मृत भेटिए

२२ चैत, धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका–७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको परिवार धनगढीमा बस्दै आएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर