बुटवलका डीएसपी ठग भ्रष्टाचार मुद्दामा दोषी ठहर

२१ चैत । घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको..

आफूहरुको सहमति बिना संसदमा एजेन्डा नबनाउन सभामुखलाई कांग्रेसको आग्रह

२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका..

गण्डकी प्रदेशका मुख्यमन्त्रीेले दिए राजीनामा

२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल..

इलाम २ मा कांग्रेसको उम्मेद्धवार टुङ्ग्याउन सकसः भेषराजको पक्षमा कोईराला दाजुभाई

२१ चैत्र, इलाम । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पूर्वमहामन्त्री डा। शशांक कोइराला नातामा दाजुभाइ हुन् तर राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा धेरै नेता कार्यकर्ताले बुझेका छन् । सुशील कोइरालाको निधनपछि उनीहरू दुवै जना एकअर्काका सहयोगी बन्न सकेनन् । पार्टीको १४ औं महाधिवेशनमा कोइराला बन्धु एकै रहन सकेनन् । सभापतिका प्रत्यासी बनेका डा। शेखरलाई डा ।शशांकले सहयोग गरेनन् । त्यो भन्दा अगाडि शशांक महामन्त्री भएका बेलामा डा। शेखरले सहयोग..

उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आज पनि कांग्रेस बैठक बस्दै

२१ चैत, काठमाडौं । उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे संसदीय बोर्ड र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेस नेताहरुका अनुसार इलाम–२ बझाङ प्रदेश सभा (१) दुबै तिर उम्मेदवारका नामलाई लिएर विवाद..

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

२१ चैत । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्काे नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो..

गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण हुँदा ७ जनाको मृत्यु

२१ चैत । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्‍याएर सहयोग गर्दै आइरहेको संस्था वल्र्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको यो आक्रमणपछि वल्र्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ । इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वल्र्ड सेन्ट्रल..

इलाममा भेषराजलाई टिकट नदिए हारको जिम्मा देउवाले लिनपर्ने कोईराला बन्धुको चेतावनी

२१ चैत्र, इलाम । नेपाली कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम(२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सचेत गराएका छन् । उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने छ । कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका हुन् । महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सो पश्चात शेखर र शशांकले देउवालाई झक्झक्याएका..

रोनाल्डोको ह्याट्रिकमा अल नासारको फराकिलो जित

२१ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो लिगमा आभामाथि फराकिलो जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अल नासारले घरेलु टोली आभालाई ८–० गोल अन्तरले पराजित गरेको हो। अल नासारको जितमा रोनाल्डोले ह्याट्रिक पूरा गरे। यस्तै, अजिज अल–अलिवाहले दुई गोल गर्दा साडियो माने , ए अल सुलेहिम र अब्दुल रहमान घारीब र अब्दुलको नाममा १र१ गोल रह्यो। खेलको ११औँ..

इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

२१ चैत्र, इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । भोली चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ..