नारायणकाजी श्रेष्ठ र सार्कका महासचिव गोलाम सारवारबिच भेटवार्ता

नारायणकाजी श्रेष्ठ र सार्कका महासचिव गोलाम सारवारबिच भेटवार्ता

२१ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सार्कका महासचिव गोलाम सारवारले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा महासचिव सारवारले सार्कलाई पुनः क्रियाशील बनाउन आग्रह गरेका हुन् ।

सार्कको अध्यक्ष राष्ट्र भएको नाताले त्यसलाई क्रियाशील बनाउन उनले आग्रह गरेको मन्त्रालय स्रोतले जनाएको छ । नौ वर्षअघि नेपालमा सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । भारत–पाकिस्तान बिचको तिक्तता बढ्दै गएपछि सम्मेलन प्रभावित भएको हो ।

सार्कका महासचिव सारवारले शिखर सम्मेलनलगायत सार्कका अन्य गतिविधिलाई तीव्रता दिन नेपालबाट पहल हुनुपर्ने कुरा मन्त्री श्रेष्ठ समक्ष राखेको बताइएको छ । सार्क सङ्गठनमार्फत क्षेत्रीय एकीकरणलाई अझ कसरी बलियो बनाउने त्यस विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर