समाज

१३ वर्षीया बालिका बलात्कार गर्ने माङ्सेबुङका ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
२६ फागुन, माङ्सेबुङ । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि..

च्याब्रुङ नाचले गुञ्जयमान बन्यो इलाम बजार
२६ फागुन, फिक्कल (इलाम): हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो । झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए । च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए । ठूलो टुँडीखेलको..

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लवले जुम्लामा थाले स्याउ खेती
२६ फागुन, जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जुम्लामा स्याउ खेती थालेका छन् । उनले जुम्लाको चन्दननाथ– २ हाडुल्लेमा शुक्रबार स्याउ खेतीको उद्घाटन गरेका थिए । उक्त अवसरमा महासचिव विप्लवले ३ वर्षभित्र पार्टीलाई आत्मनिर्भर एवं चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘क्रान्ति गर्नुमात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौं । आज क्रान्तिप्रति वितृष्णा छ, विचलन देखिएको छ..

बिर्तामोडमा शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो
२६ फागुन, बिर्तामोड । झापाको बिर्तामोड– १ मा शुक्रवार विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको थियो । धार्मिक अनुयायीहरुले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन् । शिवको उत्पत्ति भएको खवर सुनेपछि दिनभर हेर्ने र पुजा गर्नेहरुको भीड लागेको..

सिराहामा ढुंगा प्रहार गरी महिलाको हत्या
२६ फागुन, जनकपुरधाम । सिराहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो । मृतक अनिताका पतिसमेत घाइते छन् ।..

शिवसताक्षीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु
२६ फागुन, झापा । झापाको धरमपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का २२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर..

भद्रपुरलाई उज्यालो नगर बनाइँदै, ५ सय सेन्सर एलइडि लाइट जडान गरिँदै
२४ फागुन, भद्रपुर । भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडि लाइट जडान कार्यको सुरुवात गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडि लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ (साबिक पृथ्वीनगर) देखि जडान कार्यको सुरुवात गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । हिमाली चोकमा १ नम्बर वडाअध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका सो अभियानको सुरुवात नगर प्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले गरेका थिए । उनीहरूले..

बचत फिर्ता नगर्ने झापाका सहकारी संचालकहरु धमाधम पक्राउ पर्दै
२४ फागुन, झापा । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरू पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै बुद्धशान्ति गाउँपालिका – २ का हुन् । प्रदेश सहकारी..

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ- प्रमुख सचेतक लेखक
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार..

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न
२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् । दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११..