अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिर्तामोडमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न

२४ फागुन, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधवार आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छिन् ।

दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्व कला प्रतियोगितामा निधि माध्यमिक विद्यालयमा कक्षा ११मा अध्ययनरत आचार्य प्रथम भएकी हुन् । यसैगरी देवी माध्यमिक विद्यालयमा कक्षा १२मा अध्ययनरत रेजिना बाँस्कोटा दोश्रो, मोहनमाया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत बिना खतिवडा तेश्रो र एमइटी माध्यमिक विद्यालयमा कक्षा ११ मै अध्ययनरत बानिरा ओली सान्तवना भइन् ।

प्रतियोगिताका विजेताहरुले क्रमश ७ हजार, ६ हजार, ५ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, महिला वालवालिका शाखा संयोजक यमुना आचार्य, कार्यपालिका सदस्य निर्मला देवी सुनार लगायतले माला लगाइदिएर प्रमाण पत्र प्रदान गरे । प्रतियोगिताको निर्णायकमा मिलनकुमार ढुंगाना र विद्या रेग्मी रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हकअधिकारका विषय कार्यान्वयन नहुँदा महिलाहरु पीडित रहेको बताए । पाएको अधिकार कार्यान्वयनका लागि सबैको हातेमालो हुनु पर्नेमा उनको जोड थियो । सामाजिक तथा राजनीतिक क्षेत्रमा महिलाहरु अग्रसर भएर निणर्य गर्न सक्ने ठाउँमा पुग्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईले अर्थाेपार्जनका लागि उत्पादनमा पनि ध्यान दिनु पर्ने बताए । नगर प्रमुख प्रसाईले नगरपालिकाले गरेका गतिविधिका बारेमा नकरात्मक टिप्पणी भन्दा पनि सकरात्मक ढंगले सुझाव दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा दिपा भण्डारीले नारी संकल्प शिर्षकको कविता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, बिर्तामोड नगरपालिकाकी कानूनी सल्लाहकार कमला आचार्य, महिला मुक्ति अभियान अध्यक्ष राधा सुव्वा, वीरता लेडी जेसीसकी अध्यक्ष मिनुका ओली, एबीसी नेपालकी अध्यक्ष कन्चना सिटौला, सिलिड्सकी सम्झना पोख्रेल लगायतले शुभकामना मन्तव्य राखे ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270