हजुरआमाको हत्या आरोपमा नातिसहित चार जना पक्राउ

१ चैत, झापा । हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ । गौरादह नगरपालिका–७ निवासी नरमाया विकको हत्या गरेको आरोपमा नाति १७ बर्षीय धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ८२ बर्षीया विकलाई हत्या गरी नजिकै गाडेको र हजुरआमा हराएको भन्दै प्रहरीमा निवेदन परेपश्चात उनको खोजतलास गरिएको थियो । सो क्रममा नरमायालाई गत शिवरात्रीका दिन हत्या गरेर घरनजिकै खाल्डो खनी पुरेको अवस्थामा शव फेला परेको..

शिवसताक्षीमा नगर विकासको साझेदार बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

१ चैत, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो । जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । नगरका कुल ११ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको..

चाम्लिङ भाषा साहित्यबारे विमर्श

१ चैत, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा गर्दै आएको मातृभाषा साहित्य शृंखलाको अर्काे अंक सम्पन्न भएको छ । सोअवसरमा चाम्लिङ भाषा साहित्यबारे विमर्श गरिएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्रत्येक भाषाको महत्व समान रहेको बताए । उनले तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ पठनीय भएको बताए । कार्यक्रममा प्रतिष्ठानको मातृभाषा विभागका प्रमुख राजन मुकारुङले मातृभाषाका सम्बन्धमा आफैं जागृत हुनुपर्ने बताए..

बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ

३० फागुन, त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच..

सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुलासहित आठ जना पक्राउ

२९ फागुन, जनकपुरधाम । वरमाला विधि गरिसकेपछि सुनको सिक्री नदिएको भन्दै लफडागरी जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो । बेहुला शाह विरगञ्ज महानगरपालिकामा कम्प्यूटर अपरेटर पदमा कार्यरत छन्..

अर्जुनधारा नगर क्षेत्रका दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण

२९ फागुन, झापा । अर्जुनधारा जेसीज र युथ अफ खुदुनावारीको संयुत्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रमा रहेका दृष्टिबिहीनहरुलाई सोमबार सेतो छडी (वाईट कने) वितरण गरिएको छ । सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा जेसीजले नगरभित्रका विभिन्न स्थानका २२ जना दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण गरेको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो । दृष्टिबिहीनहरुलाई अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन तामाङ, ३ नम्बर वडा अध्यक्ष सिताराम भट्टराई, ६ नम्बर वडा अध्यक्ष हरिशचन्द्र बाँस्तोला, ८..

विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?

२९ फागुन, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो। सर्वाेच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्न परिपत्र जारी गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीकै सरुवा भएको आशङ्का गरिएको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई विवाह दर्ता गर्न..

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि

२९ फागुन । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र..

दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन

२६ फागुन, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापन बारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको छ । स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ ।..

छिमेकीको कुटपिटबाट धनगढीमा एक जनाको मृत्यु

२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी..