समाज

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण
२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा- अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा..

शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न
विर्तामोड । झापाको विर्तामोडमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महा संघ (फोनिज) झापाको आयोजनामा होटल ग्राण्ड प्यासिफिक होटलमा एक दिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा आदिवासी जनजाति समुदायका ५० जना बिधार्थीहरूको सहभागी रहेको थियो । शनिवार सम्पन्न सो कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेका थिए । उनले बहुभाषिक शिक्षा र..

इलाममा आमा छोराले गरे झुन्डिएर आत्महत्या
२० जेठ । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् । इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर..

बिर्तामोडकी विष्णुमायाको हत्या आरोपमा दुई जना पक्राउ
१७ जेठ । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे विस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या..

१३ वर्षीया बालिका करणीको अभियोगमा ५८ वर्षीय सापकोटा पक्राउ
१७ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

डुबेको छोरा बचाए तर आफू अस्ताए
१६ जेठ । पौडी खेल्ने क्रममा नाबालक छोरा डुबेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए । पौडी खेलेर कान्छो छोरा..

मन्त्री चौधरीद्वरा कञ्चनपुरको बाल संगठन अनुगमन
१३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन् । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो । मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा..

धनुषाको क्रसर उद्योगमा शव भेटियो
१० जेठ, जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५..

काभ्रेमा दम्पतीको हत्या
९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
९ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४५..