समाज

धारिलो हतियार प्रहार गरी फरार सदा पक्राउ
२३ असार, झापा । झापाको कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । सप्तरी राजबिराज नगरपालिका ११ स्थायी ठेगाना भई कमल–६ कै नाता पर्ने फूसन सदाको घरमा बसी सिटी सफारी चलाउदै आएका ४१ वर्षीय सदाले शनिवार विहान घरमा सुतिरहेकी सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएका थिए ।..

भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या
२३ असार, काठमाण्डौँ । भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको अवस्थामा शव फेला परेको हो । हत्या गरिएका चारैजना कामदारको हात बाँधिएको, शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन् । स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन् । तीमध्ये एकजनाको..

वर्षाले ढुवानी अवरोध हुँदा उपत्यकामा तरकारीको मूल्य बढ्यो
२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि काठमाण्डौँ उपत्यकामा तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आज गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ..

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
२२ असार, सुनसरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले उच्च सतर्कता बढाइएको बताए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ । पानी पर्ने..

अविरल बर्षाः बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति
२२ असार, काठमाण्डौँ । मनसुुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाले विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ । स्याङ्जाको बिरूवा गाउँपालिका–६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु..

अविरल वर्षाका कारण देशभरका ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द
२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट..

मेयर चढेको गाडी खहरे खोलामा भासियो
२२ असार, दाङ । दाङको लमही नगरपालिकाका मेयर सवार गाडी खोलामा भासिएको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो । लमही नगरपालिका–९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेको थियो । त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको गंगटे खहरे खोलामा स्कारपियो भासिएको हो । गाडीमा सवार सबै सकुशल रहेको नगरपालिकाले जनाएको..

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान
२० असार, झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन..

एआईजीका लागि बढुवा सिफारिसमा परेर बधाई खाएका पोषराज पोखरेल रित्तै
२० असार, काठमाण्डौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक–एआईजीका लागि बढुवा सिफारिसमा परेका नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशको मुखमा पुगेका छन् । बिहीबार राती १२ बजेसम्म बढुवा नभए उनी डीआईजीबाटै अवकाश पाउने छन् । त्यसो त उनी एआईजी भइहाले भएपनि बिहीबार रातीबाटै अवकाशमा जानेछन् । उनले उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष रहेको छ । पोखरेल हालका आईजीपी वसन्तबहादुर कुँवरका..

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न, तीनवटा समिति गठन
२० असार, विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिए । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री..