
२३ असार, काठमाण्डौँ । भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको अवस्थामा शव फेला परेको हो । हत्या गरिएका चारैजना कामदारको हात बाँधिएको, शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन् ।
स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन् । तीमध्ये एकजनाको सनाखत भएको छ । सनाखत हुनेमा ईलामका २३ वर्षीय रवि राई रहेकोे जनाइएको छ । बाँकी तीन जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७