एआईजीका लागि बढुवा सिफारिसमा परेर बधाई खाएका पोषराज पोखरेल रित्तै

एआईजीका लागि बढुवा सिफारिसमा परेर बधाई खाएका पोषराज पोखरेल रित्तै

२० असार, काठमाण्डौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक–एआईजीका लागि बढुवा सिफारिसमा परेका नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशको मुखमा पुगेका छन् ।

बिहीबार राती १२ बजेसम्म बढुवा नभए उनी डीआईजीबाटै अवकाश पाउने छन् । त्यसो त उनी एआईजी भइहाले भएपनि बिहीबार रातीबाटै अवकाशमा जानेछन् ।

उनले उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । प्रहरीमा एआईजी र डीआईजीको उमेर हद ५६ वर्ष रहेको छ । पोखरेल हालका आईजीपी वसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् ।

नेपाल प्रहरीमा दुई दिनयता एआईजीको एक दरबन्दी रिक्त छ । उमेशराज जोशीले मङ्गलवार राती १२ बजेबाट अवकाश पाएका थिए ।

उनले अवकाश पाउने पक्का भएपछि उक्त स्थानमा बढुवाका लागि बढुवा समितिले गत असार १० गते सिफारिस गरेको थियो ।

उजुरीका लागि ७ दिनको म्याद सकिए पनि मन्त्रिपरिषद् बैठकले उनलाई बढुवाको निर्णय गरेको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर