सिंगो गाउँपालिका नै व्यवसायीक कृषि पेसामा

३० जेष्ठ, मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अधिकांश नागरिक व्यवसायीक कृषि पेसामा आबद्ध छन् । तरकारी र फलफूलको प्रशस्त उत्पादन हुने नागरिक गाउँपालिकाका अधिकांश नागरिक व्यावसायिक कृषिमा लागेका छन् । ५ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ४ र ५ मा व्यापक मात्रामा तरकारी खेती हुन्छ, भने वडा नम्बर २ र ३ मा तरकारीसङै कागती, सुन्तला जस्ता फलफूलको खेती हुने गर्दछ । गाउँपालिकाका अध्यक्ष जीवन लामाका अनुसार वडा नम्बर..

प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन भित्रियो

२९ जेष्ठ, काठमाण्डौँ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिनुभयो । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ । मौसमविद्हरूले आगामी साता मनसुन..

सुर्खेतको वीरेन्द्रनगरमा ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप

२९ जेष्ठ, विरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ता दावि गर्ने ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप भएको छ । सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । गएराति झण्डै साढे ११ बजेतिर स्थानिय र ज्ञानेन्द्र शाहीको समूह झडप भएको हो । झडपका क्रममा केही युवाहरु घाईते भएको..

संञ्चारमन्त्री नैनकला थापाद्धारा पदभार ग्रहण

२७ जेष्ठ, काठमाण्डौँ । नवनियुक्त संञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कारबाहीलाई केन्द्रित गरे अघि बढ्ने बताउनुभयो..

आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु

२५ जेष्ठ, काठमाण्डौँ । सरकारले आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु गरेको छ । चीनबाट ल्याएको भेरोसेल खोप लगाउन आजबाट सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेरका र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने छ । यस्तै हिमाली जिल्लामा यसअघि नै ५५..

निषेधाज्ञामा पनि अनलाइन व्यवसाय नरोक्न सर्वाेच्चको आदेश

२५ जेष्ठ, कैलाली । सर्वाेच्च अदालतले निषेधाज्ञामा पनि अनलाइन व्यवसायलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न आदेश जारी गरेको हो । ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इकमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ । यो आदेशसँगै अनलाइन व्यवसाय निषेधाज्ञामा पनि संञ्चालन..

जिल्ला युवा समिति इलामको समन्वयमा राहत वितरण

२४ जेष्ठ, इलाम । जिल्ला युवा समिति इलामको विशेष समन्वयमा कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारहरुलाई आज खाद्यन्न वितरण गरिएको छ । जिल्ला युवा समितिको समन्वयमा र गैर सरकारी संस्था महासंघ, करूणा फाउण्डेशन, मानव अधिकार मञ्च र अनेरास्ववियु ईलामको सहजिकरणमा इलाम नगरपालिकाका गरिब, विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आज घर–घरमै पुगेर खाद्यन्न वितरण गरिएको हो । हाल अध्ययनको सिलसिलामा विदेशमा रहेका इलामेली विद्यार्थीहरु रोशन के.सी, वर्षा शर्मा,..

शैक्षिक प्रमाणपत्र धितो राखेर कसरी ऋण पाउने ? कस्ता हुन्छन् प्रक्रिया ?

२४ जेष्ठ, काठमाण्डौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँदा पढे तब युवाहरु विलकुलै नयाँ कार्यक्रम आए जसरी सामाजिक सञ्जालमा पोखिए..

प्रधानन्यायाधीश अस्वस्थ्य, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

२४ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन । सर्वाेच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश राणा बिसन्चोका कारण आज अदालतमा आउनुभएको छैन । त्यसैले संवैधानिक इजलासमा सुनुवाइ स्थगन भएको छ । प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको..

संसद् विघटनविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा

२३ जेष्ठ, काठमाण्डौँ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाई सकिएकोले अब अर्काे सुनुवाई भोलि हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । आज (आइतबार) संवैधानिक इजलासबारे नै सरकार पक्षका अधिवक्ता र विघटनविरुद्धका वकिलहरुबीच सवालजवाफ भएको थियो । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।