२५ जेष्ठ, काठमाण्डौँ । सरकारले आजदेखि पुनः कोरोना विरुद्घको खोप लगाउन सुरु गरेको छ । चीनबाट ल्याएको भेरोसेल खोप लगाउन आजबाट सुरु गरिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेरका र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने छ ।
यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ ।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि खोप लगाउन छुटेका स्वास् थ् यकर्म ी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि खोप दिइने छ ।
खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ ।