बिरिङको बाढीले भत्कायो हुलाकी मार्ग

६ असार । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ। झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् । निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ ।

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत

६ असार । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले..

प्रदेश सभा बैठकमा सहभागी हुन प्रतिपक्षी दल तयार

६ असार, विराटनगर । आर्थिक वर्ष २०८१र८२ को बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिस्कार गर्दै आएका प्रतिपक्षी दलहरु आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन तयार भएका छन्। बुधबार सरकारसँग भएको छलफलपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपा आर्थिक विधेयक माथिको छलफलमा सहभागी हुन तयार भएका हुन् । बुधबारदेखि आर्थिक विधेयक माथिको छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशसभाको १० औं बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपाले बहिस्कार..

रवि लामिछाने भन्छन्- जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो

६ असार । दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन्। श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको..

बागमतीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

६ असार, बरहथवा (सर्लाही) । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका..

युरोपको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ भक्तपुरमा

६ असार, भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ। तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा यो चरा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी..

युरो २०२४- लगातार दोस्रो खेल जित्दै जर्मनी अन्तिम १६ मा

६ असार । आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान इल्के गुन्डागोनले..

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्..

युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून

५ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलमा भाग लिँदै सांसद पुष्पबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयको कूल बजेटको एक प्रतिशत पनि नपुग्ने बताएका छन्। युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले भने, “एक प्रतिशत एकदमै न्यून बजेट हो, चालु खर्च बढाउने प्रवृत्तिले यो बजेटमा खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता वृद्धि विकासलाई..

बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै

५ असार । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न ८ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार अपराह्न बस्ने दोस्रो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकेर असार..