विशेष

विद्यावारिधी गर्ने दुई विद्यार्थीलाई माङ्सेबुङ गाउँपालिकाले दियो ५ लाख छात्रवृत्ती
८ असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । विद्यावारिधी (पिएचडी) गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई जनालाई पाँच लाख रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ । माङसेबुङ गाउँपालिकाले वडा नं. २ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही दुई लाख ५० हजारका दरले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।..

चुलाचुली गाउँपालिकाको बजेट ४३ करोड १२ लाख ६३ हजार
८ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ४३ करोड १२ लाख ६३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न १४ औं अधिवेशनले सो बजेट सर्वसम्मत पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने इलामका १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका दोस्रो बनेको छ । सभाले आउँदो आवका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिलकुमारी लिम्बूले प्रस्तुत गगरेको..

मलाई सरकारबाट हटाउन सजिलो छैन, जादुमय नम्बर साथमा छः प्रधानमन्त्री प्रचण्ड
८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । आज शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको..

रमेश लेखक भन्छन्- बजेटप्रति प्रधानमन्त्री नै सन्तुष्ट हुनुहुन्न
६ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको..

एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने
६ असार । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ। यी दुई टोलीबीचको खेल अगस्ट १३ मा हुनेछ। सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त..

नेपाल–चीन सीमा विवाद समाधान गर्न परराष्ट्र सचिव स्तरीय बैठक बस्ने
६ असार । नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ। त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ । उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो । २०६३ मा संयुक्त विज्ञ समूहको गठन भएको थियो । त्यसको पहिलो बैठक नेपालमै बसेको थियो । दोस्रो बैठक २०६९मा चीनमा बस्ने भनिएपनि तत्कालीन..

अनेरास्ववियुको कोशी प्रदेशस्तरीय प्रचार भेला बिर्तामोडमा सुरु
६ असार । झापाको बिर्तामोडमा अनेरास्ववियुको प्रचार भेला सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रचार भेलामा प्रदेशका सबै जिल्लाहरुबाट अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको छ। अनेरास्ववियुले कोशी प्रदेशबाट सुरु गरेको प्रचार यात्रालाई सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रचार भेलामा विद्यार्थीहरुलाई पछिल्लो समय विकास भएका सूचना प्रविधिका बारेमा सहजीकरण गरिने छ । डिजिटल माध्यमहरुबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन सहभागी विद्यार्थीहरुलाई सहजीकरण गरिने..

भारतीय दूतावासले लुम्बिनीमा मनायो योग दिवस
६ असार । नेपालस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बृहत योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो । ‘स्वयम् र समाजका लागि योग’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यति महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा राजदूतावासलाई धन्यवाद दिए । स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी..

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
६ असार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को..

इलामका जनता आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भए: सुहाङ नेम्बाङ
६ जेठ, काठाकाठामाण्डौ । इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामका जनता आधारभूत निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको बताएका छन् । इलामको एक मात्रै जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नहुदा इलामका नागरिक निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको उनको भनाई छ । विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि..