दोस्रो जितको लक्ष्यमा जर्मनी

५ असार । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे स्टुटगार्ड एरेनामा हुनेछ । जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ । उता..

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

५ असार, कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका..

स्वदेश फर्किए राष्ट्रपति पौडेल

५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्। उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड..

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ। आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । ओपनर कुशल..

छाउगोठमा बसेकी किशोरी बलात्कृत

५ असार, धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन्। मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए । उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए ।..

पोर्चुगलको पुनरागमन जित

५ असार । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ। लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ । खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले..

लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रविलाई कांग्रेसकाे चुनाैती

४ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता गठबन्धनमै आबद्ध नेताहरु पर्नसक्ने भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्न नसक्ने जिकिर गरे । सांसद केहीले गृहमन्त्रीले विधि र पद्धतिभन्दा बाहिर गएर प्रहरीमा सरुवाको आतंक मच्चाएको आरोप लगाए । उनको भनाइ जस्ताको तस्तै न्यूनतम साझा कार्यक्रममा नयाँ पार्टी र हाम्रो अहिलेको गृहमन्त्रीको..

४ ओभरमा कुनै रन नखर्ची फर्गुसनले लिए ३ विकेट

४ असार । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनको अविश्वसनीय बलिङ प्रदर्शन गरेका छन्। जारी टि-२० विश्वकपमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध न्युजिल्यान्डका फर्गुसनले अविश्वसनीय बलिङ प्रदर्शन गरेका हुन् । गएराति भएको खेलमा उनले ४ ओभर बलिङ गर्दै कुनै पनि रन नखर्ची ३ विकेट लिएका हुन् । उनले गरेको बलिङको २४ बलनै डट भएको हो । उक्त खेलमा पीएनजी १९ ओभर ४ बलमा ७८ रनमा समेटिएको थियो । न्युजिल्यान्ड ७ विकेटले..

साहिल चौहान बने टी-२० आईमा छिटो शतक बनाउने खेलाडी

४ असार । एस्टोनियाका खेलाडी साहिल चौहानले टी–२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानी आफ्नो नाममा बनाएका छन् । उनले साइप्रसविरुद्ध २७ बलमा शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । साइप्रसविरुद्ध साहिल ४१ बलमा ६ चौका र १८ छक्कासहित १४४ रनमा अविजित रहे । उक्त खेलमा एस्टोनिया ६ विकेटले विजयी भएको थियो । यसअघि उक्त कीर्तिमान नामिबियाका लोफ्टी इटनको नाममा थियो । उनले गत फेब्रुअरीमा..

शिक्षामन्त्री श्रेष्ठ भन्छिन्- ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरे

४ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् । मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् । यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।