विशेष

गुमनाम छन् धनकुुटाका ऐतिहासिक सम्पदा
२४ असोज, धनकुटा । राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् । सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका..

इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाईदैँ
२४ असोज, काठमाण्डौँ । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही..

माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने
२३ असोज, काठमाण्डौँ । माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले माओवादी द्वन्द्वका यौनहिंसा पीडितले उजुरी दिन पाउने गरी सहमति जुटाएका छन् । ‘‘आयोगले सशस्त्र द्वन्द्वको क्रममा जबर्जस्ती करणी वा गम्भीर..

नोबेल पुरस्कारबारेका केही जान्नै पर्ने तथ्यहरु
२३ असोज /// अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड–१९ विरुद्ध सफल एमआरएनए खोपको आविष्कार गर्ने दुई वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको पुरस्कार यही अक्टोबर २ (असोज १५) मा प्रदान गरेसँगै सुरु भएको थियो। त्यसको भोलिपल्ट कसरी इलेक्ट्रोनहरू सेकेन्डको सबैभन्दा सानो हिस्सामा परमाणुको चारैतिर घुम्छन्..

कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ
२३ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् । सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका..

संघियताको विरोध गर्ने राप्रपा कोशीमा मुख्यमन्त्री ताक्दै
२३ असोज, काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित देखेपछि शनिबार पदबाट राजीनामा दिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारमा दाबी गर्न दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्म समय दिएका छन् । हिक्मत सरकार ढलेर नयाँ सरकरा बन्ने बाटो खुलेसँगै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले दाबी गरेका छन् । भने उता..

इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था गर्न सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितीको निर्देशन
२३ असोज, काठमाण्डौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । आज मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई बोलाएर मृतकको शव तत्काल ल्याउन, घाइतेको उपचारको पहल गर्न र नेपाल फर्कन चाहनेलाई उद्धार गरेर ल्याउन निर्देशन दिइएको हो । यस्तै बेपत्ता भएका नेपालीको खोजी..

इजरायलमा आतंकवादी हमलामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
२२ असोज, काठमाण्डौँ । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

इजरायलमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र फिर्ता ल्याउन सरकारको तयारी
२२ असोज, काठमाण्डौँ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । सोमबार विहान परराष्ट्रमन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । १० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित..

इजरायलमा मृत्यु भएका आनन्दको करोड विरुवा रोप्ने र सुविधासम्पन्न हस्पिटल खोल्ने सपना अधुरै रह्यो
२२ असोज, जनकपुर । बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?) यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन खोज्छन्, सम्झाउँछन् र उनलाई सुताउने प्रयास गर्छन् । ७० वर्षीया हजुरआमा बसमतिया देवी,..