विशेष

राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने ओलीको दाबी
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको..

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना..

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने
२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले..

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’

अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि इलामका किसान चिन्तित
२१ फागुन, फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २०..

भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै
२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..

प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र लामिछानेबीच छलफल जारी
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् । वर्तमान सत्ता गठबन्धन परिवर्तन गरी एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन..

आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा
२१ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनल खेल हुँदैछ । सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच आज दिँउसो २ बजेपछि बिर्तामोडको डोमालाल रंगशालामा हुँदैछ । बिजेता टालीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको..

नयाँ सरकार बनाउने तयारीमा प्रधानमन्त्री
२१ फागुन, काठमाडौं । वर्तमान सत्ता समीकरणमा फेरवदल आउने निर्णय भएपछि नयाँ समीकरणसहितको सरकार बनाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेको दाबी अनुसार आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । एमाले, माओवादी, रास्वपा, जसपा मिलेर नयाँ सरकार बन्ने भनिए पनि अझै पुराना मन्त्रीको राजीनामा मागिएकै छैन । कांग्रेसबाट मन्त्री बनेका महिला बालबालिका तथा ज्येष्ठ..

सरकारमा सहभागी हुने तयारीमा उपेन्द्र यादव
२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने तयारीमा छन् । नयाँ समीकरणअनुसार गठन हुने सरकारमा उनी सहभागी हुन लागेका हुन् । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न अहिले जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक नेताले जानकारी दिए । वर्तमान..