विशेष

अबको चार दिन भारी वर्षाको सम्भावना, धान नकाट्न आग्रह
९ असोज, काठमाडौं । मनसुन सक्रिय भएकाले अबको चार दिन देशभर अति भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसम विभागले अनुरोध गरेको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सचेतता अपनाउन अनुरोध गरिएको छ । मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग कुरा गर्दै अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू..

रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितकाे नाराबाजी
७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा मिडियामार्फत लामिछानेले दुरूपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् । जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले..

श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ
७ असोज, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ । भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन् । सन् २०१९ को..

झापामा यातायात बन्दको आव्हान प्रभावहीन, २ जना पक्राउ
७ असोज, झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा बन्द आव्हान गरिएको भए पनि सवारीका साधन निर्बाध चलेका छन् । बिहान भने कहिबेर बन्दको प्रभाव परेको थियो । प्रसाईं पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले राती भने ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक..

सन्दकपुर गाउँपालिका–२ मा ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको थियो। वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी सनिबार सम्पन्न भएको हो । तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा लि र ट्रेक ८५८६ को समन्वय रहेको थियो । “कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको..

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा
४ असोज, काठमाडौँ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती..

मेटमणि चौधरीले दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी छ; झलनाथ खनाल
१ भदौ, काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भएको भन्दै कारबाहीको माग गरेका छन् । उनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीविरुद्ध कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत गरेका छन् । यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा..

संसदीय समितिको किटान: सहकारीको बचत अपचलनमा रवि जिम्मेवार, कारबाही सिफारिस
३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा रविको भूमिका देखिएको उल्लेख छ । पहिले प्रतिवेदनमा लेखिएको भाषा हेरौं । प्रतिवेदनमा उल्लेख छ : ‘….सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि..

दुई बडिगार्ड, एक म्यानेजर सहित डली चायवाला नेपाल आउदै
२८ भदौ, काठमाडौं । माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्ससँगको एउटा फोटो र भिडियोले आफ्नो जीवन बदलिएला भनेर डली चायवालाले सायदै सोचेका थिए । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने यी ‘भाइरल म्यान’ यतिबेला सामाजिक सञ्जालदेखि विदेशी मिडियाका शीर्षक बनिरहेका छन् । डली चायवाला नामले चिनिने सुनिल पाटिलको रवाफ यतिबेला लोभलाग्दो छ । एकाएक भाइरल बनेर छाएका उनी भदौ ३१ गते नेपाल आउने भएका छन् । भिडियो सन्देश जारी गर्दै उनले..

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला
२८ भदौ, झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ । स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज..