सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको थियो।
वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी सनिबार सम्पन्न भएको हो । तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा लि र ट्रेक ८५८६ को समन्वय रहेको थियो ।
“कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको माध्यमबाट सन्दकपुर गाउँपालिमा सम्वृद्धि“ भन्ने मुल नाराका साथ सुरु भएको तालिम समापनको अध्यक्षता वडा नं २ का वडासदस्य अमृत राईले गरेका थिए । तालिममा डा ताराबहादूर श्रेष्ठ, मनोज बस्नेत र केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमसिनाले सहजिकरण गरेका थिए । तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।