समाजवादी मोर्चाले मङ्गलबार विचार गोष्ठीे आयोजना गर्दै

१८ चैत । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम मध्यान्ह १२ सुरु हुने छ । हाल मोर्चाको संयोजकमा विप्लव रहेका..

हाइड्रोजन उत्पादनको परीक्षणमा काठमाडौं विश्वविद्यालयले पायो सफलता

१८ चैत । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो । विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा..

बाल सुधारगृहमा विद्यालयको व्यवस्था गर्न कांग्रेस सचेतक थिङको माग

१८ चैत । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् । नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् । उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले..

मेचिनगरलाई बर्ड सेञ्चुरी घोषणा गर्न अभियन्ता खरेलको माग

१८ चैत, झापा । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा आज आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उहाँले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार..

गृहमन्त्री रवि र धरानका मेयर हर्कबिच भेटवार्ता

१८ चैत । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेस्र्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर लामिछानेले तारनतार स्टाटस लेख्दै आएका थिए । उनले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको..

धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर छः अर्थमन्त्री पुन

१८ चैत । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन अर्थमन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गर्दै सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो,..

एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत

१८ चैत, बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् । शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु..

सत्ता गठबन्धनको बैठक जारी

१८ चैत । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जानकारी दियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।  “अनौपचारिक छलफल हो । पाँच दलका प्रमुखहरू हुनुहुन्छ,” स्रोतले भन्यो । आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक..

रामोसको गोलमा सेभिल्लाको जित

१८ चैत । डिफेन्डर सर्जियो रामोसको गोलमा सेभिल्लाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ। कोलिजियम अल्फोन्सो पेरेजमा शनिबार सम्पन्न खेलमा घरेलु टोली गेटाफेलाई सेभिल्लाले १–० गोल अन्तरले पराजित गरेको हो। पाहुना टोली सेभिल्लाको जितमा सर्जियो रामोसले गरेको गोल नै निणर्यक बन्यो। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नहुँदा सेभिल्ला १–० गोल अन्तरले विजयी भयो। जितसँगै सेभिल्लाले ३० खेलबाट ३१ अंक जोडेको छ। सेभिल्ला..

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल

१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ ।’ विद्यार्थीको संख्या यथार्थमा..