सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

१८ चैत । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जानकारी दियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।  “अनौपचारिक छलफल हो । पाँच दलका प्रमुखहरू हुनुहुन्छ,” स्रोतले भन्यो ।

आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । उक्त बैठकपश्चात् पाँच दल छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर