इलाम २ मा माओवादीबाट धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस

१९ चैत । सत्तारुढ दल माओवादी केन्द्रले इलाम २ को उपनिर्वाचनमा केन्द्रीय सदस्यसमेत रहेका धीरेन्द्र शर्मा तिमिल्सिनालाई उम्मेदवार सिफारिस गरेको छ । इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए । ‘उहाँ इलामका पुराना नेता तथा केन्द्रीय सदस्य हुनुहुन्छ। इलाम २ मा उहाँको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ’, उनले जानकारी दिए । इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई..

रोङ प्रतिभाको खोजी गरिने

१९ चैत, इलाम । इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । लुकेर रहेको कला बाहिर निकाल्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । ‘भनिन्छ आगोके सानो झिल्काले भयावह डढेलो..

रोड्रिगोको गोलमा रियल विजयी

१९ चैत । लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगामा एथलेटिक क्लबलाई पराजित गरेको छ। सान्टियागो बर्नाबेउ स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली रियलले एथलेटिकलाई २–० गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा दुवै गोल रोड्रिगोले गरे। उनले खेलको ८ र ७३औँ मिनेटमा गोल गरेका थिए। जितसँगै शीर्ष स्थानको रियलले ३० खेलबाट ७५ अंक जोडेको छ। पराजित एथलेटिक समान खेलबाट ५६ अंकसहित चौथो स्थानमा छ।

पुनरागमन जितसहित लिभरपुल शीर्ष स्थानमा

१९ चैत । ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा आइतबार सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदान लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ। लिभरपुलले २० खेलमा जित, ७ मा बराबरी र २ मा पराजय बेहोरेको छ। पराजित ब्राइटनको भने समान खेलबाट ४२ अंक छ। ब्राइटन नौँ स्थानमा यथावत रहेको छ। लिभरपुलको जितमा..

बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमायो

१९ चैत । इङ्ग्लिस प्रिमियर लिगका दुई उपाधि दावेदार आर्सनल र म्यानचेस्टर सिटी गोलरहित बराबरीमा रोकिएका छन्। इतिहात स्टेडियमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै आर्सनलले शीर्ष स्थानमा उग्लिने मौका गुमाएको। यसको फाइदा भने लिभरपुलले उठाएको छ। आइतबार नै सम्पन्न खेलमा ब्राइटनमाथि पुनरागमन जित हासिल गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। एनफिल्डमा सम्पन्न खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै..

आरिफको उत्कृष्ट अर्धशतकसँगै नेपालले आयरल्यान्डलाई दियो २१४ रनको लक्ष्य

१९ चैत । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज..

सुनको भाउले फेरि इतिहास रच्यो

१९ चैत । आज सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको..

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

१९ चैत । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका..

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्न सत्तारुढ दलहरुबीच सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्मकट्टेल दबावमा परेका थिए । किनकी सोमबार १ बजे प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यसूचि थियो । प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच..

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..