१८ चैत । डिफेन्डर सर्जियो रामोसको गोलमा सेभिल्लाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ।
कोलिजियम अल्फोन्सो पेरेजमा शनिबार सम्पन्न खेलमा घरेलु टोली गेटाफेलाई सेभिल्लाले १–० गोल अन्तरले पराजित गरेको हो।
पाहुना टोली सेभिल्लाको जितमा सर्जियो रामोसले गरेको गोल नै निणर्यक बन्यो।
उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नहुँदा सेभिल्ला १–० गोल अन्तरले विजयी भयो।
जितसँगै सेभिल्लाले ३० खेलबाट ३१ अंक जोडेको छ। सेभिल्ला १४औँ स्थानमा उक्लिएको छ। पराजित गेटाफेको भने समान खेलबाट ३८ अंकसहित ११औँ स्थानमा छ।
२९ खेलबाट ७२ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ। एक खेल बढी खेलेको बार्सिलोना ६७ अंक साथ दोस्रो स्थानमा छ।