विशेष

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका..

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु
७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चार माध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल २१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको..

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । जसअनुसार सभामुखले..

कोशीमा सुरु भयो चलचित्र महोत्सव
७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र..

मर्यो २ जनाको ज्यान लिएको नरभक्षी बाघ
७ जेठ । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार..

प्रधानमन्त्री प्रचण्ड भन्छन्- सुशासनको आशा जागेको छ
७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण लगायतमा सरकारले निर्भिक र निष्पक्ष कारबाही गरेको दाबी गरे । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको भाश्य तोडिएको भन्दै उनले भने, ‘निर्भिक र निष्पक्ष कारबाहीले लोकतन्त्रको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’

गृहमन्त्रीले लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस्- लेखक
७ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ । संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको दोहोर्याए । ‘समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो’, उनले भने ।..

बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ अब टीकापुर मिलाउँछु- रवि
७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टीकापुर जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई तान्नसक्ने घुमाउरो संकेत गरेका छन् । उनले आफूविरुद्धको मिडियाबाजीबाट पछि नहट्ने उद्घोष गरे । रविले भने, ‘मलाई साथीहरु भन्छन् मिडिया मिलाउनुस् । म भन्छु, म मिलाउँदिनँ मिडिया, म जनताका लागि विद्यालय, अस्पताल मिलाउन आएको हुँ । नमिलेका कानूनका धाराहरु मिलाउन आएको हुँ । अनुसन्धान हुँदाहुँदै रोकिएका फाइलहरु अघि बढाउने व्यवस्था मिलाउन आएको..

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै
७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता..

कांग्रेस संसदीय दलको बैठक सुरु
७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे बैठकमा छलफल हुने बताइएको छ । संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कांग्रेस रहेको छ। आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने..