७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे बैठकमा छलफल हुने बताइएको छ । संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कांग्रेस रहेको छ।
आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने घोषणा गरेका थिए ।
यता आजै संसद बैठक रहेको छ । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।