सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति

२० फागुन, काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे..

‘उखु किसानलाई लाभ हुने योजना नबने सम्म कृषक पलायन रोक्न सकिन्दैन्’

१९ फागुन, जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँहरूको सुझाव छ । कृषि विभाग हरिहर भवन, ललितपुरले शुक्रबार जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले सो खेती छोड्ने निष्कर्षमा पुगेको बताएका हुन् । कृषि उत्पादक किसान एवं..

माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु

९ फागुन, इलाम। इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल..

इलाममा रोगको कारण अदुवा उत्पादनमा कमि आएपछि किसान चिन्तित

१४ पुष, इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताउनुभयो । “इलामका..

एभोकाडो खेतीमा इलामका किसान आर्कषित

१२ पुष, इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका-५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन ”, उहाँले भन्नुभयो । जिल्ला..

इलाममा बढ्यो अलैँचीको उत्पादन

७ पुष, फिक्कल । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा अलैँची एक हजार तीन सय २० दशमलव पाँच मेट्रिकटन अलैँची उत्पादन भएको छ । गत आवमा..

दुधजन्य उत्पादन दोस्रो देश निकासी नहुदा इलामका व्यवसायीहरु समस्यामा

५ मंसिर, इलाम । चाडपर्वका समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु समस्यामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीहरुले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढंगले नौनी घिउ र चीजको मागनै नआउँदा समस्या भएको बताएका छन् । जिल्लामा अहिले करिव डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा रहेका छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरि घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका..

कोशीमा दुधको उत्पादन बढ्दो, बंगलादेशका व्यवसायीले लगे पाउडर दुधको नमुना

१४ कार्तिक, विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र घिउको खपत दसैँको सन्दर्भमा केही बढे पनि त्यो पर्याप्त हुन सकेन । यही समस्या भइरहेको बेला डेढ महिना अगाडि कोशी प्रदेशका दुग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको सञ्चार गराएको छ । यहाँका उद्योगी व्यवसायीको टोली..

बेमौसमी बर्षाका कारण पाकेको धान खेतमै डुब्यो, किसान निराश

२ कार्तिक, झापा । लगातारको अविरल वर्षाका कारण धान खेतमै डुबेपछि तराईका किसानहरु चिन्तित बनेका छन् । झापा, मोरङ, सुनसरी सहित तराई जिल्लाका किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ । झापा सहितका तराई जिल्लाहरुमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको..

भालुले मकै खाएर किसान हैरान

६ भाद्र, सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरि साना साना छाप्रा र त्यसमा टिन झुण्ड्याएर वर्षभरि खाने खेती जोगाउन कृषकहरू बाध्य बनेका छन् । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नु परेको हो । भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामाखानीका स्थानीय..