अदुवा खेतीले इलामका किसानको जीवनस्तरमा परिवर्तन ल्याउँदै

१४ चैत, फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन..

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

१४ चैत, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो। ३० क्विन्टल कुचो बिक्री..

इलामका किसान व्यावसायिक सुपारी खेतीमा रमाउँदै

१० चैत, फिक्कल (इलाम) ।  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० का दरले बिक्ने गरेको छ ।” घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने..

नेपालको जलविद्युत र मल उत्पादनमा लगानी गर्न अर्थमन्त्री पुनद्वरा रुसलाई आग्रह

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँगको भेटमा अर्थमन्त्री पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भने । सरकारले स्वदेशमै रासायनिक मल कारखाना..

व्यावसायिक कफी खेती गर्दै माङसेबुङका याम कार्की

५ चैत, इलाम । प्राय सबैजसोको उद्देश्य पढेपछि जागिर खाने, राम्रो घर बनाउने र सुखसयलमा जिन्दगी बिताउने हुन्छ । अलि पढेपछि काम गर्न लाज मान्ने नेपाली समाजको विशेषता नै हो । तर, इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका याम कार्की पढेर पनि जागिर खाएनन्, न त उनले काम गर्न नै लजाए । बरु पढेर पनि जागिर नै खान पर्दैन, कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ भन्ने प्रेरणाका श्रोत बनेका छन् ।..

माङसेबुङ गाउँपालिका–१ ले गर्यो बेसार प्रर्वधन शुरू

५ चैत, इलाम । इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रर्वधन शुरू गरेको छ। स्थानीय एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारीसँग १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रर्वधन थालेको हो। “कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रर्वधनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ,” वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको..

कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु

३ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्रि वितरणका लागि नेपालमा कोरिया–नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन् । कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसार लगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिने छ । कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका..

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

२६ फागुन, इलाम । मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार २५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्यमात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक निर्माण..

लामिटार सिंचाई योजनाको काम अलपत्र

२२ फागुन, इलाम । सिचाई डिभिजन कार्यलय इलामको योजना रहेको लमिटार सिचाई योजना अझै अलपत्र छ । रोङ गाउँपालिका ६ सबिक जिर्मले ९ लामिटार टोलका किसानले उपभोग गर्ने उद्देश्यले स्थानिय तह बन्नु भन्दा अगाडी ल्याएको योजना अझै सफल हुन सकेको छैन । सिँचाइ अलपत्र हुँदा स्थानिय बासिन्दाले सास्ति खेप्नुपरेको छ । खेतिकेसानीमा निर्भर रहेका त्यहाँका स्थानियहरु सिँचाइ योजना अलपत्र हुँदा दुखि छन् । लमिटार सिचाइ योजनाको कामले निरन्तर नपाउँदा स्थानिय..

अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि इलामका किसान चिन्तित

२१ फागुन, फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २०..