कृषि

इलाममा धान रोपाइँ ७४ प्रतिशतमा सीमित (भिडियो सहित)
इलाम । इलामको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ गर्न नसकेपछि उहाँ आकासतिर हेर्दै पानीको प्रतीक्षामा छन् । ‘समयमा पानी नपर्दा रोपाइँ गर्न पाइएन..

असारे खडेरीले रोपाई हुन सकेन, किसानहरु चिन्तित
२७ असार, झापा । धान रोप्ने मुख्य समयमा पर्याप्त पानी नपर्दा झापाका किसानहरु चिन्तित बनेका छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकोमा यसपालि असार बितिसक्न लाग्दा पनि पानी नपरेको कारण रोपाई हुन सकेको छैन । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । उहाँको दुई बिघा खेत सुक्खा गरा बनेका छन् । “गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान..

मुलुकभर ४५ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न
काठमाडौँ, २४ असार । असार अन्तिम हुन लाग्दा मुलुकभर ४५ प्रतिशत अर्थात् छ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत अर्थात् छ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यसै अवधिमा ४३.५ प्रतिशत धान रोपाइँ भएको थियो । समयमा वर्षा सुरु भएकाले गत वर्षको तुलनामा दुई प्रतिशत बढी धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।..

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोप्ने तयारी
८ फागुन, झापा । झापा जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय..

सन्दकपुर गाउँपालिका–२ मा ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवामा ७ दिवसीय ट्रेकिङ पोटर गाइड तालिम सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको कार्यक्रमबाट तालिम संचालन गरिएको थियो। वडा नं २ को आयोजनामा सुरु भएको तालिम आगामी सनिबार सम्पन्न भएको हो । तालिमलाई माउन्टेन एकाडेमीको प्राविधिक सहयोग र सन्दकपुर हिल्स ट्राभल्स एड रिसर्च सेन्टर प्रा लि र ट्रेक ८५८६ को समन्वय रहेको थियो । “कृषि, पशुपालन,जडिबुटी, प्राकृतिक श्रोत र जातजातिको सस्कृति, पर्यटनको..

किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम
२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख..

असारको तस्रो हप्तासम्म ३९ प्रतिशत मात्र धान रोपाइँ
२४ असार, झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६..

वर्षाले ढुवानी अवरोध हुँदा उपत्यकामा तरकारीको मूल्य बढ्यो
२२ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि काठमाण्डौँ उपत्यकामा तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आज गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ..

हानिकारक रसायन हालिएको आँप बरामत, ५७ क्विन्टल नष्ट गरियो
कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री(वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल(पसलमा बिक्री भइरहेको छ। खुलमखुल्ला प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री(वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ। महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी..

ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण
१० असार, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न उन्नत जातको बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातको प्रजनन योग्य पाठी र छ वटा उन्नत जातको बोका वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं. वडा..