झापा कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । शनिबार बेलुका कचनकवल गाउँपालिका–४खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएका छन् कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३०..

भूमिमन्त्री अधिकारीलाई हिम्मतिलो हुन ज्ञानेन्द्रको सुझाव

३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको..

बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण

२९ जेठ, झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम..

धान नबिकेपछि झापा कचनकवलका किसान चिन्तित

२९ जेठ, झापा । चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए। ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ।’..

झापाको भद्रपुर नगरपालिकाद्वरा किसानलाई विद्युत् महसुलमा अनुदान

२६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको..

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले बोलायो गृह र अर्थसहित ४ मन्त्री

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत गाँजा खेतीबारे छलफल गर्न गृह र अर्थसहित ४ मन्त्रीलाई बोलाएको छ । समिति सचिवालयका अनुसार शुक्रबार सिंहदरबारस्थित कृषि समितिकै सभाकक्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । यी मन्त्रालयका सचिव पनि छलफलमा उपस्थित हुनेछन् । कानुन, न्याय तथा संसदीय मामिला, उद्योग,..

स्वदेशी आलु–प्याजमा भ्याट हटाइयो- अर्थमन्त्री पुन

२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१र८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए । उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको..

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

१९ जेठ । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच लाखदेखि रु सात लाख ५० सम्म उपलब्ध गराएको जानकारी दिए । लाभग्राहीको २५ प्रतिशत..

शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने

१९ जेठ, झापा । झापाको शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले यसवर्ष कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने भएको छ । वडाभित्रका कृषकहरुको घर–आँगनमा सुपारीको बोटले हरभरा बनाउृने उदेश्यका साथ शिबसताक्षी–६ वडा कार्यालयले सुपारीको विरुवा वितरण गर्न भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्र स्थाई बसोबास गर्ने कृषकहरुका लागि सुपारीको विरुवा बितरण गर्ने वडा समितिको जेठ १७ गते बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको हो । अध्यक्ष कार्कीले शिबसताक्षी नगरपालिकाको..

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

१४ जेठ । तीन दशक बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने..