जान निकोलको विश्व किर्तिमानि शतकमा नामिबियाद्वारा नोपाललाई बलियो लक्ष्य

जान निकोलको विश्व किर्तिमानि शतकमा नामिबियाद्वारा नोपाललाई बलियो लक्ष्य

१५ फागुन, काठमाडौँ । जान निकोलले विश्व किर्तिमानि पारि खेलेपछि आजबाट सुरु भएको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको बलियो लक्ष्य दिएको छ।

टियू मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा रन २०६ रन बनायो।

नामिबियाका लागि चौथो नम्बरमा क्रिजमा आएका जान निकोलले ३३ बलमा शानदार शतक बनाए। यो संगै निकोल सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको थियो। उनले ३४ बलमा मंगोलियाविरुद्ध १९औ एसियन गेममा बनाएका थिए।

त्यस्तै ओपनर मिचेल भान लिन्गेनले २० रन बनाउदा अर्का ओपनर मलन क्रुजनर ५९ रनमा नटआउट रहे। जेपी कोट्जे ११ रनमा आउट हुदा

नेपालका लागि कप्तान रोहित पौडेलले ४ ओभर बलिंग गर्दै ३० रन खर्चेर २ विकेट लिए। त्यस्तै करण केसिले ३ ओभरमा ३२ रन खर्चेर १ विकेट लिदा अबिनास बोहोरा ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए।

टी-२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजपछि टी–२० सिरिज खेल्न लागेका हुन्।

प्रतिक्रिया:

सम्बन्धित खवर