१६ बैशाख । इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ।
जिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा मियामीले घरेलु टोली न्यू इङ्ल्यान्ड रिभोलुसनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो मिनेटमै थोमस चान्कालेले गोल गर्दे घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले कार्लाेस गिलको पासमा गोल गरे।
३२औँ मिनेटमा मेसीले मियामीलाई खेलमा फर्काए। उनले रोबर्ट टेलरको पासमा गोल गरे। ६८औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रता दिलाए। उनले सर्जिलो बुस्केट्सको पासमा गोल गरे।
८३औँ मिनेटमा मेसीको पासमा बेन्जामिन क्रेमास्चीले गोल गर्दा मियामी खेलमा ३–१ ले अगाडि रह्यो। त्यसको ६ मिनेटपछि नै लुइस सुआरेजले गोल गर्दै मियामीलाई ४–० को सहज जित दिलाए।
उनले मेसीको पासमा गोल गरेका थिए। जितसँगै शीर्ष स्थानमा रहेको मियामीले १२ खेलबाट २४ अंक जोडेको छ। १० खेल खेलेको रिभोलुसन ४ अंकसहित पुछारमा छ।