अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछानेले बारम्बार फोन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसामा सहजीकरण गरिदिन परराष्ट्रले अनुरोध गरेको थियो । त्यसपछि दूतावासले अन्तर्वार्ताको लागि लामिछानेलाई बोलाएको हो ।

आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ । विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ ।

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट हटाएको थियो । केही दिनअघि उच्च अदालत पाटनले लामिछानेका विषयमा जिल्ला अदालतले गरेको फैसला बदर गरेपछि क्यानले सन्दीपलाई पुनः राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रिय टिममा पर्ने भएपछि उनले अमेरिका जान काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसअघि सन् २०१९ अगष्टमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले अमेरिकाले भिसा नदिएको कुरा सामाजिक सञ्जालमा राखेपछि अमेरिकी दूतावासले उनलाई पुनः बोलाइ भिसा दिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270